भौगोलिक अवस्थिति

नारायणी अञ्चल चितवन जिल्ला खैरहनी गा.वि.स. वडा नं. ७ खैरहनीमा यो विद्यालय अवस्थित छ । पुर्व-पश्चिम राजमार्गबाट करिब १ किलोमिटर दक्षिणतिर रहेको यो विद्यालय सदरमुकाम भरतपुरदेखि १८ किलोमिटर दुरीमा रहेको छ । यस माध्यमिक विद्यालयको पुर्वमा वीरेन्द्रनगर गा.वि.स., पश्चिममा रत्ननगर नगरपालिका, उत्तरमा चैनपुर गा.वि.स. र दक्षिणमा कुमरोज तथा कठार गा.वि.स. रहेका छन् ।
  विद्यालयको सेवाक्षेत्रको पहिचान

क) माध्यमिक तह
संलग्न नक्साअनुसार पूर्व बैरहनी १, पश्चिममा रत्ननगर नगरपालिको वडा नं. ३, उत्तरमा खैरहनी वडा नं. ४ चैनपुर र दक्षिणमा खैरहनी ९, बुढ्यौली र फसेरासम्म गरी यति चारकिल्ला भित्र खैरहनी गा.वि.स. पूरै र रत्ननगर नगरपालिका, चैनपुर, वीरेन्द्रनगर, कुमरोज तथा कठार गा.वि.स. विद्यालयको सेवा क्षेत्र अर्न्तर्गत पर्दछन् ।

ख) प्राथमिक तह
संलग्न नक्साअनुसार पूर्वमा नेसनल बोर्डिङ्ग स्कूल हुदै मझुइको सुर्तनीसम्म, पश्चिम तुलसीपुरको तेस्रो बाटो हुँदै खैरहनी बजारसम्म, उत्तर चैनपुर चोकदेखि पूर्वपश्चिम राजमार्ग हुदै चौबीसकोठीसम्म र दक्षिण पर्साहुँदै लाल्टिन बजारसम्म यति चारकिल्लाभित्रका खैरहनी गा.वि.स. वडा नं. ६,७ पूरै, वडा नं. ३,४ को आंशिक छात्रछात्राहरु यस विद्यालयको प्रा.वि. तहमा अध्ययन गर्न आउँदछन् ।



 
©Shree Khairahani Secondary School
All Right Reserve, 2006
Designed By: e-ZONE